क्रिकेट

ईपीएलमा आज काठमाडौँ र पोखरा भिड्दै

By खबरहब

September 28, 2021

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स-११ र पोखरा राइनोज भिड्दै छन् ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौं र पोखराबीचको खेल मध्याह्न १२:१५ बजे शुरू हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ दोस्रो जित निकाल्ने योजनामा छ भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा छ ।