राजनीति

सम्पादकहरुसँग छलफल गर्दै एमाले अध्यक्ष ओली

By खबरहब

September 28, 2021

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।

आज अपराह्न ४ बजे नयाँ बानेश्वरमा छलफलको कार्यक्रम राखिएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

सरकारबाट बाहिरिएपछि तथा पार्टी विभाजनपछि ओलीले पहिलोपटक सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् ।

असोज १५ देखि १७ गतेसम्म तय भएको विधान महाधिवेशन तथा विकसित राजनीतिक घटनाक्रममा ओलीले सम्पादकहरुसँग छलफल गर्न लागेको नेता भट्टराईले बताए ।