राजनीति

परराष्ट्र मन्त्री खड्काको शपथ ग्रहण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

By खबरहब

September 28, 2021

काठमाडौँ– परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको शपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। खड्काले यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए ।

अधिवक्ता विशाल न्यौपानेले शपथको कुनै ढाँचाबिना नै शपथ गराइएको भन्दै सो बदर गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका हुन् । यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको शपथ ग्रहणमा प्रश्न उठेपछि अध्यादेशमार्फत शपथ ग्रहणको ढाँचा ल्याइएको थियो । तर, सो अध्यादेश अहिले निष्क्रिय भइसकेको छ ।

यता सरकारले शपथ ग्रहणसम्बन्धी कानून बनाउने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शपथ ग्रहणसम्बन्धी विधेयक स्वीकृत गरेको थियो ।