समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

September 28, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै २११ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०–१० वर्ष – १४

११–२० वर्ष – ७८

२१–३० वर्ष – २०७

३१–४० वर्ष – २११

४१–५० वर्ष – १५७

५१–६० वर्ष – ११८

६१–७० वर्ष –५५

७१–८० वर्ष – ४०

८० वर्षभन्दा माथि – १८

अज्ञात–६