फाइल फोटो

समाचार

प्राविधिक परीक्षणपछि बुद्ध एयरको एटीआर जहाज सञ्चालनमा

By खबरहब

September 28, 2021

काठमाडौँ- प्राविधिक समस्याका कारण सोमबार आपत्कालीन अवतरण गरिएको बुद्धएयरको एटीआर ७२ जहाज प्राविधिक परीक्षणपछि आजबाट पुनः सञ्चालनमा आएको छ ।

प्राविधिक समस्याका कारण इण्डिकेटरले काम नगर्दा जहाजले करीब दुई घण्टा आकाशमा फन्को लगाएको थियो ।

सोमबार बिहान ७३ यात्रु लिएर काठमाडौँबाट विराटनगर विमानस्थल उडे पनि अवतरणका क्रममा रहेको उक्त जहाजको चक्का नखुलेपछि पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरिएको थियो ।

नाइन एन एएनआइ कलसाइनको उक्त जहाजको प्राविधिक टोलीले मिहिन परीक्षण गरेको थियो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जहाजले आज बिहानैदेखि सेवा थालेको कम्पनीले जनाएको छ ।

७२ जना क्षमताको बुद्धको जहाजलाई प्राधिकरणको प्राविधिक टोलीले पनि परीक्षण गरेको थियो । जहाजमा प्राविधिक समस्या नरहेको बुद्धएयरले जनाएको छ ।