यसरी बनाउन सकिन्छ सस

By खबरहब

October 28, 2021

मायोनिज सस

२ वटा अण्डाको जर्दी विस्तारै विस्तारै फिट्दै जानु । त्यसमा नुन, चिनी, खुर्सानी धुलो, मस्टर पाउडर (पिनेको रायो) सबै मिलाई फिट्नु । (भए मिक्स्चर जुसरमा) १ चिया गिलास सलाद आयल १/२ गिलास भेनेगर नभएमा कागतीको रस छुट्टाछुट्टै राख्नु । अब बुद, बुद गरी फिटेरै यसै मायोनिजमा मिलाउँदै जानु जबसम्म सेतो गाढा हुँदैन । पुरा फिटी सकेपछि अलिकति उम्लेको तातो पानी राखी पुनः फिट्नु र सेलाई चिसो भएपछि खानु । यो धेरै रहँदैन, यदि फ्रिजमा राख्न सके १/२ दिन रहन्छ ।

बुस्टर सस

५/६ वटा ल्वाङ, अदुवा २५ ग्राम टुक्रा बनाने, ४/५ पोटी लसुन सिलौटामा पिस्नु आधा कप भेनेगर नुन १/२ टि स्पुन मरिच धुलो सबै मिलाई ५/६ मिनेट उमाल्नु र छानेर सिसिमा राख्नु तयार भयो ।

साभार : सजिलो कुकिङ पुस्तकबाट