फाइल फोटो

समाचार

आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना

By खबरहब

October 28, 2021

काठमाडौँ – आज बिहीबार देशका पहाडी भूभागमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ ।

राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।

भोलि शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।