देश/प्रदेश

सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

By खबरहब

October 28, 2021

कठमाडौँ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ ।

लम्सालको ८४ वर्षको उमेरमा आज (बिहीबार) बिहान काठमाडौंको मेडिकेयर अस्पतालमा निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन् ।

उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो भने पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न २०५८ मा लम्सालको अध्यक्षतामा एक न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो।