s}nfnL, !! sflQsM kqsf/ ;Dd]ngdf cWoIf g]kfn ;dfhjfbL k|]; ;ªu7g g]kfn s}nfnLn] laxLaf/ wgu9L ljdfg:yndf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf g]skf -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs'df/ g]kfn . t:jL/ Mltns/fh cf]emf÷/f;;

राजनीति

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे छलफल भएको छैन : माधव नेपाल

By खबरहब

October 28, 2021

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनेबारे सत्ता गठबन्धनमा अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।

जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता साझेदार एक पार्टीका अध्यक्ष नेपालले आज बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।’

केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने सबै न्यायाधीशको राजीनामा माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ ।

मन्त्रिषपरिसद्मा भागवण्डा खोजेको भन्दै प्रधानन्यायाधीश जबराविरुद्ध चर्को आवाज उठेको छ। सर्वोच्चकै न्यायाधीशले बेन्च बहिस्कार गरेर उनको राजीनामा मागिरहेका छन् भने नेपाल बार एसोसियन पनि उनीविरुद्ध आन्दोलनमा छ ।