देश/प्रदेश

ललितपुरमा शुक्रबारदेखि गोदावरी मेला

By खबरहब

October 28, 2021

काठमाडौँ– आगामी शुक्रवारदेखि ललितपुरको जावलाखेल मैदानमा १४ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मेला शुरु हुने भएको छ ।

विशेषगरी गोदावरी फूलको विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले वर्षेनि मेला सञ्चालन गरिँदै आएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

साथै यस वर्षको नारा ‘रोपेर फूल गोदावरी, सजाऔ घर आगनभरी’ रहेको छ ।

मेलामा व्यावसायिक स्टल ४४ र सूचनामुलक ४ गरी जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सिताराम पन्तले बताए ।

मेलामा पुराना तथा नयाँ प्रजातीका फूल विरुवासमेत प्रदर्शनी तथा बिक्री वितरण हुनेछन् ।

मेलामा सहभागि नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिने व्यवस्था छ ।

मेलामा ३५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै ५० लाखको व्यावसायिक कारोबार हुने फ्यानको अपेक्षा छ ।