फाइल फोटो

देश/प्रदेश

मन्त्री झाँक्रीको वीर अस्पतालमा उपचार हुँदै, स्वास्थ्य अवस्था सामान्य

By खबरहब

October 28, 2021

काठमाडौँ– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् ।

बुधबार साँझ वीर अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनलाई मौसमी ज्वरोले सताएको झाँक्रीको परिवारले जनाएको छ । पाँच दिनदेखि रुघाखोकी लागेपछि उनी घरमै केयर गरेर बसेकी थिइन । आरामकै क्रममा उनमा निमोनियाको लक्षण देखिएपछि अस्पताल लगिएको परिवारले जनाएको छ ।

चिकित्सकले मन्त्री झाँक्रीलाई केही दिन आराम गर्न सुझाव दिएका छन् ।

बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।