फाइल फोटो

समाचार

राणाले आफ्नै  इजलासमा तोकेका मुद्दाको पनि भएन सुनुवाइ

By खबरहब

October 28, 2021

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले आफ्नै एकल इजलासमा तोकेका २८ मुद्दाको सुनुवाइ पनि स्थगित भएको छ ।

जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरुसहित धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आफूलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको भनी दर्ता गरेको निवेदन, अदालतको क्षेत्राधिकार मिचेर सेनाको सैनिक अदालतले कारवाही गरेको विषय जोडिएको लगायतका २८ मुद्दा जबराले आफ्नै इजलासमा राखेका थिए ।

तर, पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनका कारण इजलास नै नबसी स्थगित भएको छ ।