sf7df8f}F, !! sflQsM sf]le8 –!( sf] ;ªs6 Joj:yfkg a}7sdf k|d b]pjf k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ a;]sf] sf]le8 –!( sf] ;ªs6 Joj:yfkg ;dGjo s]G›sf] a}7snfO{ ;Daf]wg ub}{ k|wfgdGqL z]/axfb'/ b]pjf . tl:a/M /f]zg ;fksf]6f÷/f;;

राजनीति

चैत्रभित्र सबै नेपालीलाई खोप लगाइसक्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

By खबरहब

October 28, 2021

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्र मसान्तसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र मातहतका सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन दिएका हुन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

यस्तै बैठकमा कोरोना महामारीको अवस्था, चाडवाडका बेला बढ्न सक्ने सङ्क्रमणलगायतका विषयमा पनि छलफल भएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुल जनसङ्ख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको बारे प्रधानमन्त्री देउवालाई जानकारी गराएको छ।

देउवाले प्रधानमन्त्री भएपछि प्रतिनिधिसभा बैठकमा गरेको पहिलो सम्बोधनमा चैत्रभित्र सबै नेपाली नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका थिए ।