फाइल फोटो

राजनीति

एमालेले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक २९ कात्तिकसम्म स्थगित

By खबरहब

October 28, 2021

काठमाडौँ– प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो । राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन ०७७/७८ पनि पेस गरिएको थियो ।

साथै प्रतिनिधिसभाको बैठकले लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत गरेको छ ।

बिरामी भएर स्वास्थ्य लाभ गरेका र उपचार गराइरहेका सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृत गरेको सभामुख सापकोटाले जनाए ।

उनले पूर्वप्रधानमन्त्री झलनाथ खनाल १३ पटक, कर्मा घले १३ पटक र प्रदीप गिरी पनि १३ पटक बैठकमा अनुपस्थित रहेको जानकारी दिए ।