क्रिकेट

टी-ट्वान्टी विश्वकप : अष्ट्रेलिया र श्रीलंका भिड्दै

By खबरहब

October 28, 2021

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दै छन् ।

राति ७:४५ बजे सुरु हुने खेलमा दुबै टिम दोस्रो जितको खोजीमा हुने छन् । पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले हराएको थियो । अष्ट्रेलिया त्यस जितलाई निरन्तरता दिन चाहन्छ ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले नै हराएको थियो । श्रीलंका पनि आफ्नो जितलाई निरन्तरता दिने योजनामा हुनेछ ।

सुपर १२ को समूह १ को अष्ट्रेलिया २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । श्रीलंका २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अष्ट्रेलिया र श्रीलंकाबीचको हेड टु हेडमा अष्ट्रेलिया बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले ४ खेल जितेको छ । श्रीलंकाले मात्र एक खेलमा अष्ट्रेलियालाई हराउन सकेको छ ।