सांकेतिक तस्बिर

समाचार

३२९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 28, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २४८ कोरोना संक्रमितको आईसीयूमा र ८१ को भेन्टिलेटरमा गरी कुल ३४० जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३८ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १३८ जना आईसीयूमा र ५३ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३८ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।