बलिउड/हलिउड

महिला गेटअपमा देखिए रणवीर

By खबरहब

October 28, 2021

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता रणवीर कपूर सामाजिक सञ्जालबाट टाढा बस्न चाहन्छन् । तर उनका फ्यान भने उनलाई निरन्तर हेर्न चाहन्छन् ।

रणवीरले कैयौं टेलिभिजन विज्ञापनमा अभिनय गरेका छन् । हालैमात्र यस्तै एउटा विज्ञापनका लागि रणवीरले एक महिलाको भूमिका निभाउनका लागि मेकअप गर्दै गरेको भिडियो उनले आफ्नोे इन्स्टाग्राममा राखेका छन् । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनको भिडियोमा उनलाई युवती बनाउन मेकअप मेनहरु द्रुत गतिमा काम गरिरहेका छन् । कपाल र आँखी भौंलाई ठीक बनाउनदेखि लिएर अनुहार राम्रो बनाउन उनीहरुको व्यस्तता बढ्दो छ । उनको ट्रान्सफर्मेशन भिडियोलाई फ्यानले निकै मनपराएका छन् ।

भिडियोमा रणवीर शान्तपूर्व आफ्नो कुर्सीमा बसेका छन् र कैयौं मेकअप आर्टिस्टले उनको अनुहार सिंगारीरहेका छन् । भिडियोमा रणवीरले आफ्नो मोबाइल हेरिरहेको पनि देख्न सकिन्छ । ‘एक दिनको काममा । एक टीभीसीका लागि एक महिलाको भूमिकामा बद्लिनु’, उनले क्याप्सन लेखेका छन् ।

रणवीर हाल अभिनेत्री आलिया भट्टको प्रेममा छन् । उनीहरु यसै वर्षको डिसेम्बरमा विवाह गर्ने योजनामा रहेको समाचार सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

View this post on Instagram

A post shared by Preetisheel Singh Dsouza (@preetisheel)