समाचार

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने

By खबरहब

October 28, 2021

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा यही कात्तिक २३ गते छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन् ।

प्रधानसेनापति शर्माको भारत भ्रमणको कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानसेनापति शर्मा भारतको मानार्थ प्रधानसेनापतिको पदवी ग्रहणका लागि त्यसतर्फ जान लागेका हुन् । नेपालका प्रधानसेनापतिले भारतको र भारतका सेनापतिले नेपालको मानार्थ प्रधानसेनापति पदवी ग्रहण गर्ने परम्परा छ ।

यस्तै सेनाका उपरथी सरोजप्रताप राणा रथीमा बढुवा भएका छन् । उनलाई मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।