ब्राउनसुगरसहित तीन जना पक्राउ

By खबरहब

October 28, 2021

बुटवल– रुपन्देही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले नौ सय ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका ४ प्रगतीटोल बस्ने २९ वर्षीय नरेन्द्रकुमार दर्जी, कन्चन–५ बस्ने ३१ वर्षीय मोहन सुनार र कन्चन–४ का ३४ वर्षीय प्रदीप पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थपको अनुमति लिई लागूऔषध कारोबार ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।