फाइल फोटो

खेलकुद

आत्मानन्द कपमा आज झापा र इलाम भिड्ने, माङसेबुङको विजयी सुरुवात

By खबरहब

November 28, 2021

इलाम – १४औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगितामा आज आइतबार बिबिएफसी दकम झापा र रेडहर्ष इलामबीच प्रतिष्पर्धा हुने भएको छ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको छ।

माङसेबुङ गाउँपालिका-५ मा आत्मानन्द खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा घरेलु टोली माङसेबुङ गाउँपालिका खेलकुद समितिले विजयी सुरुवात गरेको छ। उसले धरानको गोधुली फुटबल क्लबलाई ३–१ गोलको सहज जित निकाल्दै माङसेबुङले विजयी सुरुवात गरेको हो।

प्रतियोगिताको उद्घाटन प्रदेश १ सामाजिक विकासमन्त्री जयराम यादवले गरेका थिए। प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ।

विजेता टिमले नगद ३ लाख १६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १६८ रुपैयाँ हित ट्रफी र प्रमाणपत्र पाउनेछन्।