फाइल फोटो

क्रिकेट

ग्लोबल छनोटमा पुग्न नेपाललाई कठिन, आज युएईसँग भिड्दै

By खबरहब

November 28, 2021

काठमाडौँ – आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११:१५ बजे दुई टोलीबीच खेल सुरु हुनेछ ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालले आजको खेलमा यूएईलाई ठूलो अन्तरले हराएर उसको भन्दा धेरै नेट रन रेट बनाउनु पर्नेछ।

यूएईको ८ अंक छ भने नेपाल र हङकङको समान ६–६ अंक छ। आजको खेलमा नेपालले जित निकाल्न सके नेपालको पनि समान ८ अंक हुनेछ।

६ टिम सहभागी प्रतियोगिताबाट एक टिमले ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ । त्यसैले शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर नेपाल, यूएई र हङकङलाई छ।

छनोटमा २ अंक मात्र जोड्न सफल मलेसिया र भुटासँगै अंकविहीन कुवेत बाहिरिइसकेको छ।