खेलकुद

युभेन्ट्सको पाँचौं हार, इन्टर मिलानले भेनेजियालाई हरायो

By खबरहब

November 28, 2021

काठमाडौँ – युभेन्ट्स इटालियन सिरी ‘ए’ को खेलमा घरेलु मैदानमै स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स भ्रमणकारी टोली एटलान्टासँग १-० ले पराजित भएको हो । एटलान्टाको लागि डुमान जापटाले निर्णायक गोल गरेका थिए ।

खराब लयमा रहेको युभेन्ट्सको यो लिगमा पाँचौं हार हो । १४ खेल खेल्दा ६ जित हात पारेको युभेन्ट्स २१ अंक सहित छैंटौं स्थानमा छ ।

शनिबारनै भएको अर्को खेलमा इन्टर मिलानले भेनेजियालाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । इन्टरको जितमा हकान चलहानो ग्लु र लोउटारो मार्टिनेजले समान १ गोल गरे ।

जितपछि इन्टर १४ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ । सिरीमा १३ खेल खेल्दा १० जित निकालेको नापोली ३२ अंक सहित शीर्ष स्थानमा छ ।