सुन कछुवासहित पक्राउ

By खबरहब

November 28, 2021

काठमाडौँ– सुन कछुवासहित काठमाडौँमा ४ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका १३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँसहित सोही महानगरपालिका१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पहेँलो सुन कछुवा अबैध रुपमा बिक्री गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त कछुवा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।