समाचार

सुनको मूल्य बढ्यो, चाँदीको बढ्यो

By खबरहब

November 28, 2021

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९२ हजार १०० पुगेको छ ।

शुक्रबार प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।