देश/प्रदेश

दाङ कांग्रेसको सभापतिमा शंकर डाँगी

By खबरहब

November 28, 2021

दाङ– नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी चयन भएका छन् । शनिवार सम्पन्न पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि आइतबार पुनः मतदान गर्ने भनिएको थियो । तर, सभापतिको उम्मेदवारहरू शंकर डाँगी र भूपबहादुरबीच सहमति भएपछि डाँगीलाई सभापति घोषणा गरिएको हो ।

शनिवारको निर्वाचनमा डाँगीले सात सय ७६ र अर्का उम्मेदवार भूपबहादुर डाँगीले पाँच सय ४५ मत ल्याएका थिए । यस्तै, सभापतिका अर्का उम्मेदवार जानकीलाल बस्नेतले चार सय ७१ र कमलकिशोर घिमिरेले तीन सय १५ मत पाएका थिए ।शंकर डाँगी पौडेल निकट  हुन् ।

प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नपाएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने भनिए पनि सहमतिपश्चात् डाँगी सभापति बनेका हुन् । भूपबहादुरले डाँगीलाई सभापतिमा समर्थन गरेपछि उनलाई सभापति घोषणा गरेको निर्वाचन समितिले जनाएको छ ।