फाइल फोटो

राजनीति

शेरबहादुर तामाङले भने-पदाधिकारीको टुंगो लागिसक्यो, बन्दसत्र ८ बजे शुरू हुन्छ

By खबरहब

November 28, 2021

चितवन- नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ८ बजेबाट शुरू हुने भएको छ ।

एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजे शुरू हुने बताएका छन् ।

उनले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने बताएका छन् ।

‘चुनाव भएको भए मेरो दाबी सचिवमा हुनेथ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ’, उनले भने । उनले केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको बताएका छन् । यसका साथै उनले पदाधिकारीको नामावली विवादरहित ढंगले टुंगिसकेको बताएका छन् ।

बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र अझै शुरू हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको छैन ।