फाइल फोटो ।

राजनीति

विमलेन्द्र निधी धनुषा-३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

By खबरहब

November 28, 2021

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

आइतबार भएको धनुषा निर्वाचन- ३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधीसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन् ।

उपसभापति निधी पत्नी अनामिका निधी, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद् शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमीला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधी सर्वसम्मत निर्वाचित भएका छन् । धनुषाका बाँकी निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी नै रहेको नेपाली कांग्रेसका युवा नेता परर्फुल घिमिरेले जानकारी दिए ।