राजनीति

अध्यक्ष मण्डल बैठकमा ओलीले प्रस्ताव गरे केन्द्रीय सदस्यको नाम

By खबरहब

November 28, 2021

काठमाडौँ- नेकपा एमाले अध्यक्ष मण्डलको बैठक जारी छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय समिति सदस्यहरूको नाम अध्यक्ष मण्डलमा प्रस्तुत गरेका छन् । उक्त नाममा सहमति जुटे बन्दसत्रमा पेस गरिनेछ । सोही अनुरुप अध्यक्ष मण्डलको बैठक बसेको हो ।

चितवनमा तीन दिनदेखि जारी १०औं महाधिवेशनको तेस्रो दिन  बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक सुरू भएको हो । अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवाली, शेरबहादुर तामाङसहितलगायत ११ जना छन् ।  ओलीले उक्त बैठकमा प्रस्तावित नामवली पेश गरिरहेका छन् ।