फाइल फोटो

समाचार

भारतमा मृतकको संख्या ४ लाख ८० हजार पुग्यो

By खबरहब

December 28, 2021

काठमाडौँ – भारतमा गत २४ घण्टामा ५ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओर्ल्डोमिटरको विवरणअनुसार यही अवधिमा ७ हजार १४१ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८१ हजार ७७८ जना रहेको छ ।

त्यहाँ हालसम्म कोरोनाको कूल संक्रमितको संख्या ३ करोड ४८ लाखको हाराहारीमा छ । तीमध्ये ३ करोड ४२ लाख ३७ हजार ४९५ जना निको भइसकेका छन् भने ४ लाख ८० हजार १८ जनाको मृत्यु भएको छ ।