खेलकुद

युनाइटेडसँग बराबरीमा रोकियो न्यूक्यासल

By खबरहब

December 28, 2021

काठमाडौँ – बैकल्पिक खेलाडी इडिन्सन काभानीको गोलसँगै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ ।

सोमबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेड न्युक्यासलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको सातौँ मिनेटमा एलान सेन्ट म्याक्सिमिनले गरेको गोलसँगै घरेलु टोली न्युक्यासलले अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुआतमै मैदान प्रवेश गरेका ३४ वर्षीय काभानीले ७१ मिनेटमा गरेको गोलसँगै युनाइटेडले हार टारेको हो ।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्टो भने गोलविहीन रहे ।

बराबरीसँग युनाइटेड पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ । १७ खेल खेलेको युनाइटेड २८ अंकसहित साँतौ स्थानमा छ । न्युक्यासल भने १९ खेलबाट ११ अंकसहित रेलिगेशन जोनमा छ ।