राजनीति

एमसीसीबारे प्रचण्डको प्रतिवेदनमा के छ ?

By खबरहब

December 28, 2021

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् ।

प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसिसीबारे के भनेका छन् भन्ने चासो देखिन्छ।

कार्यकर्ता तहमा एमसिसीको विरोध भइरहेको र सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा पास गर्न चाहिरहका बेला पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि यसबारे चासो देखिएको हो।

देउवाले माओवादीकै महाधिवेशन उद्घाटन सत्रमा आफूले सम्झौतामा कहिँ कतै राष्ट्रघात नदेखेको र भए देखाउन चुनौति दिएका थिए ।

तर प्रचण्डले प्रतिवेदनमा यसबारे एउटा बुँदा मात्रै उल्लेख गरेका छन् । एमसिसीका बारेमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिन्छ, उनले प्रतिवेदनमा भनेका छन् ।