मुद्रा

आईएमई लाइफको तालिम सुर्खेतमा सम्पन्न

By खबरहब

December 28, 2021

सुर्खेत – जीवन बीमा कम्पनी लिमिटेडले सुर्खेतमा तालिम सञ्चालन गरेको छ।

आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बीनी, कर्णाली र सुदुरपश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि ‘सम्पति शुद्दीकरण निवारण तथा आंतककारी कृयाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धमा तालिम सम्पन्न गरेको हो ।

तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पति शुद्धीकरण निवारण, सम्पति शुद्धीकरणको लक्ष्यहरुलगायतका विषयमा जानकारी गराइएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवी फुँयाल, हेड एजेन्सी बिजनेस कर्मराज पौडेल, लुम्बीनी र कर्णली प्रदेशका प्रमुख प्रेम तिमल्सीना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाघन बिभाग प्रमुख मनोज चौधरीको तालिममा सहभागीता थियो ।