राजनीति

कमलादीमा माओवादी स्थायी समिति बैठक, पदाधिकारीमा सहमति जुटाउने तयारी

By खबरहब

December 28, 2021

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो ।

आठौं महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको हो ।

आइतबार सुरु भएको आठौँ महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ ।

समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता कृष्णबहादुर महराले जानकारी दिए ।  जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।