सांकेतिक तस्बिर

समाचार

१०६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

December 28, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ८४ कोरोना संक्रमितको आईसीयूमा र २२ को भेन्टिलेटरमा गरी कुल १०६ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६० जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ६ जना आईसीयूमा छन् ।

सुदुरपश्चिममा २ जना आईसीयूमा उपचाररत छन् ।