करीब १ सय ५० केजी गाँजा बरामद

By खबरहब

December 28, 2021

पर्सा– पर्सा जिल्लाको पोखरिया नगरपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ सय ५० केजी गाँजा बरामद गरेको छ ।

बा ५ च ६५५३ नम्बरको पिकअप गाडीमा शंका लागि जाँच गर्दा उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बरामद गरेको हो ।बरामद गाँजा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।