फेसबुक पेज प्रयोग गरी ठग्ने थारु प्रहरीको फन्दामा

By खबरहब

December 28, 2021

काठमाडौँ– फेसबुक पेजको प्रयाोग गरी ठगी गर्दै आएका बर्दियाको बारबर्दिया नपा वडा नं १० का २३ वर्षीय रमेश थारु पक्राउ परेका छन् । उनलाई सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो । सोमबार अपराध महाशाखाले काठमाडौँ प्रहरी परिसरको जिम्मा लागएको छ ।

प्रहरीका अनुसार थारुले फेसबुक पेजमा डीएसएलआर क्यामेराको विज्ञापन गरेका थिए । अर्डर गर्ने व्यक्तिहरुसँग ईसेवा र आईएमई पेबाट पैसा लगेर सम्पर्कविहीन बनेका थिए ।