समाचार

पूर्वयुवराज्ञी हिमानी शाहद्वारा ललितपुरको बज्रवाराहीमा ज्येष्ठ नागरिकलाई सम्मान (भिडियो)

By खबरहब

December 28, 2021

ललितपुर– पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको बज्रवाराहीमा विशेष पूजा आराधना तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी छन्।

उनले नेवा एकता समाजले बज्रवाराही मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा बज्रवाराही शक्ति पीठको पूजा गर्नुका साथै ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी हुन्। पुजारी बासुदेव कर्माचार्यले पूर्वयुवराज्ञी शाहलाई टीका लगाइएका थिए भने उनी त्यहाँ पुग्दा स्थानीयबासीले स्वागत गरेका थिए ।

स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।