रोचक/विचित्र संसार

बडिविल्डरले सेक्स डलसँग विवाह गरे

By खबरहब

January 29, 2021

विवाह एक पवित्र बन्धन हो । विवाहमा दुई आत्मा मिलन मात्र हुदैँन दुई परिवार पनि एकअर्काका सम्बन्धी बन्दछन् ।

विवाहमा बेहुला बेहुली एकअर्कासँग सँगै मर्ने बाच्ने कसम खान्छन् । तर विश्वमा एक यस्तो अनौठो विवाह भएको छ जहाँ एक बेहुलाको विवाह बेहुलीसँग नभई निर्जीव जीवसँग भएको छ ।

कजाकिस्तानका एक बडी बिल्डरले विवाह गर्न बेहुलीका रुपमा कुनै महिला वा जीव नभई निजीर्व सेक्स डल (यौन खेलौना) रोजेका छन् । युरी टोलोच्को नामक ती पुरुषसँग उक्त डल पहिलैबाट थियो ।

उनले सेक्स डलको नाम मार्गो राखेका छन् । युरीको डलप्रतीको प्रेम यति धेरै थियो की उयनले विवाह पूर्व डललाई प्रस्ताव गरेका थिए । यूरीले डललाई सन् २०१९ मा नै विवाह गर्न प्रस्ताव गरेका थिए ।

युरीले २५ नोभम्बरमा आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेक्स डलसँगको विवाहको तस्वीर सार्वजनिक गरेका थिए । यो अनौठो विवाहको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो ।