sf7df8f}F, !% c;f/ M wfg /f]Kb} dGqL g]Djfª !*cf}F /fli6«o wfg lbj; tyf /f]kfOF dxf]Tj; sfo{qmddf cfw''lgs d]l;gaf6 nlntk'/sf] v'dn6f/df dªunaf/ wfg /f]Kb} s[lif tyf kz''kG5L ljsf;dGqL a;Gts''df/ g]Djfª . wfg /f]kfOF sfo{qmd s[lif ljefu xl/x/ ejg nlntk''/, g]kfn s[lif cg'';Gwfg kl/ifb l;+xb/af/ / afnL ljsf; tyf s[lif h}ljs ljljwtf ;+/If0f s]Gb|sf] ;+o''Qm cfof]hgfdfdf ePsf] lyof] . tl:a/ M rGb|snf If]qL÷/f;;

देश/प्रदेश

खुमल्टारस्थित नार्क परिसरमा यसरी मनाइयो धान दिवस (फोटोफिचर)

By खबरहब

June 29, 2021

काठमाडौँ– राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मंगलबार मनाइएको छ ।

विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । यसदिन मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही, चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन छ ।

 

यो वर्ष कोरोना महामारीका बीच निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्व: स्फूर्त रूपमा हिलो खेलेर छिटफुट रूपमा मनाए पनि सरकारीस्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सिमित भयो । दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को खुमल्टार, ललितपुरको फार्ममा स्वास्थ्य मापदण्डको पालना गरी धान दिवस मनाइएको छ ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकु्मार नेम्वाङले सांकेतिकरूपमा धान रोपेका थिए । उनले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गरेका थिए । नेपालको खाद्य र पोषण सुरक्षाका लागि उत्पादनका वृद्धि गर्नै पर्ने उनले बताए । मन्त्री नेम्वाङले प्रविधिको प्रयोग गरे उत्पादनबृद्धिमा जोड दिने धारणा राखे ।

यसपटकको दिवसको नारा ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।