फाइल फोटो

खेलकुद

च्याम्पियन्स लिगमा पीएसजीको जित, पीएसजीमा मेस्सीको पहिलो गोल

By खबरहब

September 29, 2021

काठमाडौँ- यूईएफए च्याम्पियन्स लिग फुटबलमा पीएसजीले जित हात पारेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले म्यानचेस्टर सिटीलाई २-० गोलले हराएको हो ।

पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे ।

मेस्सी पीएसजीका लागि पहिलो गोल गर्न सफल भएका छन् । मेस्सी यसै सिजन बार्सिलोनाबाट पीएसजी आएका हुन् ।