समाचार

उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

By खबरहब

September 29, 2021

काठमाडौँ- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।

पूर्व सभामुख तथा पत्नी ओनसरी घर्तीसहित नेता पुन आज बिहान उपचारका लागि बैंकक प्रस्थान गरेका हुन् ।

उनका स्वकीय सचिव सन्तोष पुनका अनुसार नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा नेता पुन थप उपचारका लागि बैंकक गएका हुन् । उनको थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा उपचार गरिने छ ।

पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​ उनलाई जन्डिसको समस्या छ । जण्डिसको मात्रा नघटेकाले चिकत्सकहरुकै परामर्शमा उनी बैंकज गएको स्वकीय सचिव पुनले बताए ।