आर्थिक

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

September 29, 2021

काठमाडौँ– नेपाली बजारमा आज  पनि सुनको मूल्यमा गिरावट आएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार  भएकोमा आज बुधबार तोलाको १०० रूपैयाँ घटेर ८८ हजार ९०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थीर छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।