राजनीति

बालुवाटारमा देउवा-दाहाल भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

By खबरहब

September 29, 2021

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । पार्टी स्थायी कमिटी बैठकअघि देउबालाई भेटेका दाहालले आफ्नो पार्टीले पाउने मन्त्रालयका आधारमा मन्त्री हुनेको नाम टुंग्याउन खोजेको जनाइएको छ ।

माओवादीको आजै बस्नै स्थायी कमिटी बैठकले नाम टुंग्याएपछि देउवाले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नै लिइसकेको छ ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।