क्रिकेट

ईपीएल क्रिकेट : पोखरालाई ललितपुरको ५२ रनको लक्ष्य

By खबरहब

September 29, 2021

काठमाडौँ- ईपीएल टी-ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई ५२ रनको विजय लक्ष्य दिएको छ ।

वर्षाका कारण भिजेको मैदानमा दुई घण्टा ढिलो शुरू भएको खेल ७ ओभरमा घटाइएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो ।

ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए । ओशाडा फर्नान्डोले अविजित १० रन जोडे । नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए ।

ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले ३ विकेट लिए । बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए ।