अन्य

ओलम्पियन्स संघको अध्यक्षमा बिष्ट निर्वाचित

By खबरहब

September 29, 2021

काठमाडौँ- नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक बिष्ट निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनबाट तेक्वान्दोका कीर्तिमानी पूर्व खेलाडी बिष्ट निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी एनओसीका पूर्व उपाध्यक्ष समेत रहेका रबी राज थापालाई हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै संघको उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित हुँदा महिला उपाध्यक्षमा संगिना वैद्य निर्विरोध चयन भएका हुन् ।

त्यस्तै महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भए ।

यसैगरी सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छी माया कोजु, प्रमिला रिजाल, मुकुन्द हरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफल राम श्रेष्ठ र रन्जन श्रेष्ठ निर्वाचित भएको ओलम्पियन्स संघले जनाएको छ ।