फाइल फोटो

राजनीति

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

By खबरहब

September 29, 2021

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् ।

बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी हुन् । संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुबै विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि तत्कालीन केपी ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले आर्थिक विधेयक ल्याएको थियो ।

यस्तो छ विज्ञप्ति