सांकेतिक तस्बिर

समाचार

४५३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

September 29, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३५४ कोरोना संक्रमितको आईसीयूमा र ९९ को भेन्टिलेटरमा गरी कुल ४५३ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७२ जना आईसीयूमा र २१ भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी बागमती प्रदेशमा १९१ जना आईसीयूमा र ६१ जना भेन्टिलेटरमा उपचारत छन् भने गण्डकी प्रदेशमा ४५ जना आईसीयूमा र ५ उपचाररत छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३६ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् । कर्णालीमा २ जना आईसीयूमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ८ जना आईसीयू र ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।