राजनीति

एमाले अध्यक्ष ओलीद्वारा विधान महाधिवेशन गरिने हलको निरीक्षण

By खबरहब

September 29, 2021

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलको आज निरीक्षण गरेका छन् ।

यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उनी गोदावरी पुगेका हुन् । अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यवञ्जनकारलगायत गोदावरी पुग्नुभएको थियो ।

उनले व्यवस्थापन समितिलाई यहाँ आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको केन्द्रीय सदस्य नेपालले बताए । सो अवसरमा अध्यक्ष ओलीले सबै किसिमका तयारी समयमा नै सकाउन निर्देशन दिएका थिए ।

विधान महाधिवेशका लागि मञ्चको सजावटको केही काम मात्रै बाँकी रहेको नेपालले जानकारी दिए । प्रतिनिधिको बसाईको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीले गर्ने भएका छन् । प्रदेश कमिटीले सम्पर्क मञ्चसँगको समन्वयमा प्रतिनिधिको व्यवस्थापन गर्ने भएका छन् ।