k|d b]pjfåf/f lgb]{zg sf7df8f}F, !$ ;fpgM k|wfgdGqL z]/axfb'/ b]pjf l;+xb/af/df laxLaf/ gjlgo'Qm /fli6«o of]hgf cfof]usf pkfWoIf 8f ljZj kf}8]nnfO{ kb tyf uf]kgLotfsf] zkykl5 lgb]{zg lbFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

राजनीति

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

By खबरहब

September 29, 2021

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक डाकेका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि सर्वदलिय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि संसदको अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो । एमालेको अवरोधकै बीच सरकारले बजेट पास गरेको थियो ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएको छ ।