समाचार

राष्ट्रपतिसमक्ष मधेसी र मुस्लिम आयोगको प्रतिवेदन पेश

By खबरहब

September 29, 2021

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज मधेसी आयोग र मुस्लिम आयोगका अध्यक्षले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपतिसमक्ष मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अलग अलगरुपमा पेश गरेका हुन् । उनीहरुले आफ्नो प्रतिवेदन पेश गरेका हुन् ।

ती दुवै आयोगका संवैधानिक आयोगका रुपमा रहेका छन् । समारोहमा उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।